Advertisement

चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

0 502

Advertisement

१९ जेठ, नवलपुर । पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ उत्पादन प्लान्टमा आगलागी भएको हो । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बुरअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले बताए ।

बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् ।

आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीय पनि खटिएको प्रहरी उपरीक्षक मल्ले बताए । गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन प्रयास भइरहेकाले क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

गोदाभित्र रहेका सबै बियर नष्ट भएकाले करडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.