Advertisement

विद्युतको भारतीय बजार

0 338

Advertisement

१७ फाल्गुन, काठमाडौं । भारतको केन्द्रीय विद्युत प्राधिकरणले सीमापार अन्तरदेशीय विद्युत् आयात निर्यातसम्बन्धी कार्यविधि ल्याएको छ।

शुक्रबार ल्याएको उक्त कार्यविधिले नेपाली लगानीमा निर्माण भएका  आयोजनाको जलविद्युत् निर्यात भारतीय बजारमा गर्न मिल्ने व्यवस्था गरेको छ। 

तर, तेस्रो मुलुकको लगानी भएको विद्युत्को व्यापार भने नगरिने कार्यविधिमा स्पष्ट छ। यसको मतलब चिनियाँ लगानी भएको नेपाली विद्युत्ले भारतीय बजार भने पाउने छैन। अन्तरदेशीय विद्युत् व्यापारको सम्झौता भएका र छिमेकी मुलुकका बिजुली भारतले किन्ने कार्यविधिमा उल्लेख छ।

भारतले नेपालसहित भुटान र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको भए पनि चीनसँग भने गरेको छैन। नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता भइसकेको छ भने २०७५ माघ मा भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा पनि नेपालको बिजुली भारतीय बजारमा प्रवेश दिने सहमति भएको थियो। उक्त सहमतिको झण्डै २ वर्षपछि नेपाली बिजुली भारतमा बेच्न पाउने गरी कार्यविधि ल्याइएको हो। 

यो कार्यविधिसँगै वर्षायाममा नेपालमा खेर जाने बिजुली भारतमा बिक्री गर्न पाइनेछ। हरेक वर्ष वर्षायाममा २ सय मेगावाट भन्दा बढी विद्युत् बजारको अभावमा खेर जाने गरेको छ। 

यो वर्ष नेपालको विद्युत् प्रणालीमा झण्डै ८२५ मेगावाट विद्युत् थपिने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरिरहेको समयमा भारतको यो कदम नेपालको लागि फलदायी हुने देखिएको छ। अहिलेसम्म हिउँदयाममा भारतबाट विद्युत् आयात मात्रै हुँदै आएको छ। अब वर्षायाममा मात्र नभइ विद्युत्को खपत कम हुने रातको समयमा बढी भएको विद्युत् पनि बेच्न सकिनेछ।

नेपाल विद्युत् प्राधिकरणले २०१९ को अप्रिलमा भारतको नोडल एजेन्सी विद्युत् ब्यापार निगम (एनभीभीएन)सँग आफ्नो बिजुली भारतीय बजारमा लैजाने गरी समझदारी गरिसकेको छ। 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.