Advertisement

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

0 796

Advertisement

१४ बैशाख, काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहरका कारण कतिपय सरकारी निकायहरुले अत्यावश्यक बाहेका कामहरु बन्द गरिसकेका छन् । जहाँ भिडभाड धैरै रहने ठाउँमा संक्रमणको जोखिम धैरै हुने हुदा स्वास्थ्य मन्त्रालयले सजग हुन आग्रह गर्दै आइरहेको छ ।

कोरोना त्रास तथा यसको प्रभावको कारण यातायात व्यवस्था विभागले पनि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।


वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।


विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.