जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

०४ कार्तिक, काठमाडौँ। काठमाडौँ जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।

तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहिआएको छ ।

कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्‍याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours