भोटेकोशी बाढी: बेवारिसे र पहिचान नखुलेका शवहरूको विवरण प्रहरी पोर्टलमा राखिँदै, यसरी हेर्नुहोस्

११ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको विवरण नेपाल प्रहरीले आफ्नो पोर्टलमा अपडेट गरेको छ । बाढीमा परी ज्यान गुमाएका, पहिचान नखुलेका तथा बेवारिसे शवको विवरण आफन्तसम्म सहजै पुर्‍याउने उद्देश्यले सञ्चालित उक्त पोर्टल प्रहरीले अपडेट गरेको हो । 

प्रहरीको उक्त पोर्टलमा बुधबार आएको बाढीका क्रममा भेटिएका शवको नाम, भेटिएको स्थान र समय समावेश गरिएको छ । हालसम्म पहिचान खुल्न नसकेका शवको हकमा भने ‘नाम नखुलेको’ भनी उल्लेख गरिएको छ ।

यदि कसैले पोर्टलमा राखिएका विवरणका आधारमा भेटिएको शव आफ्ना आफन्तको भएको पहिचान गरेमा, सोही पोर्टलमा रहेको ‘विवरण हेर्नुहोस्’ अप्सनमा ट्याप गरी आफ्नो सम्पर्क विवरण प्रहरीलाई पठाउन सक्ने व्यवस्था छ । साथै, शवसँग सम्बन्धित उपलब्ध अन्य थप विवरण पनि सोही पोर्टलमार्फत हेर्न सकिने सुविधा रहेको छ ।

यो सामग्री तयार पार्दासम्म प्रहरीको पोर्टलमा रसुवा बाढीबाट ज्यान गुमाएका ८७ जना व्यक्तिको शवको विवरण अद्यावधिक भइसकेको छ । बाढीमा आफ्ना आफन्त गुमाएका वा हराइरहेका व्यक्तिले यहाँ क्लिक गरेर वा तल दिइएको क्यूआर कोड स्क्यान गरेर उक्त विवरण हेर्न सक्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours