गोस्वामीतुलसीदास जयन्तीको महत्व!

०३ भदाै, काठमाडौँ । आज २०८३ साल भदौ ३ गते बुधबार श्रावणशुक्लपक्ष सप्तमी तिथी राती ८ / ३१ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले आज गोस्वामी तुलसीदास जयन्ती भएकोले तुलसीदासको जन्म श्रावणशुक्लपक्ष सप्तमी चित्रकुटको राजापुर गाउॅंमा संवत १५५४ मा भएको थियो।उहाको माता-पिता हुलसी र आत्माराम दुबे हो।उहा भारद्वाज गोत्र (वंश) को हुनु हुन्थ्यो।
बाल्यकाल: जन्मिदा १२ महिनाका, नरोई मुखबाट “राम” निस्कियो।त्यसैले नाम “रामबोला” राखियो।

वैराग्य: पत्नी रत्नावलीको तिरस्कारले गर्दा।
यो सुनेर तुलसीदासले घर त्यागेर रामभक्त हुनु भयो ।

रामचरितमानस रचना: वि.सं. १६३१ रामनवमीका दिन अयोध्यामा लेख्न सुरु। २ वर्ष ७ महिना २६ दिनमा पूरा।
तुलसीदास कलियुगका सन्त भएको हुनाले वेद र पुराणका ज्ञाता हुनु हुन्थ्यो।

१: शिव संहिता र भक्तमाल
कलौ रामायणी भक्ता तुलसीदासो महान् भवेत् ।
रामकथा प्रवक्ता च रामभक्तोत्तमो भवेत् ॥
नेपाली अर्थ: कलियुगमा रामका भक्तहरू मध्ये तुलसीदास महान हुनेछन्। उनी रामकथाका वक्ता र श्रेष्ठ रामभक्त हुनेछन्।

२: तुलसीदास स्वयम् – रामचरितमानस बालकाण्ड
कलियुग सम जुग आन नहिं।
जो नर कर बिस्वास।
गाइ राम गुन गन विमल।
भव तर बिनहि प्रयास॥

नेपाली अर्थ: कलियुग जस्तो अर्को युग छैन।जसले विश्वास गरेर निर्मल श्रीरामका गुण गाउँछ, त्यो बिना प्रयास संसार सागर तरिन्छ।

३: विनय पत्रिका
राम सों बड़ो राम कर नाम।
जासु सुमिरत भयो भव भय भंजन।
नेपाली अर्थ: रामभन्दा पनि ठूलो रामको नाम हो। जसको सुमिरनले संसारको डर नाश हुन्छ।
तुलसीदास जीका ४ मुख्य शिक्षा – शास्त्र अनुसार
नाम महिमा – कलियुगको धर्म
नामु राम को कलपतरु कलि कल्यान निवासु ।
जो सुमिरत भयो भाँग ते तुलसी तुलसीदासु ॥

अर्थ: कलियुगमा रामनाम कल्पवृक्ष हो। जसको सुमिरनले भाँग जस्तो मलाई

भक्ति र कर्मबाट तुलसीदास बनायो।
कर्म प्रधान बिस्व करि राखा।
जो जस करइ सो तस फल चाखा॥

अर्थ: संसार कर्म प्रधान छ। जसले जस्तो गर्छ उसले त्यस्तै फल पाउँछ।
जयन्तीमा गर्ने ५ काम
रामचरितमानस पाठ: विशेष गरी बालकाण्ड र सुन्दरकाण्ड
तुलसीदास चालीसा पाठ:
हनुमान चालीसा: उहाले नै रचना गरेको मानिन्छ
दान: ब्राह्मण, गरिबलाई अन्न र पुस्तक दान
मन्त्र जप: १०८ पटक
तुलसीदास जीको मूल सन्देश:
सिया राम मय सब जग जानी।
करहुं प्रनाम जोरि जुग पानी॥

अर्थ: सबै संसार सिया-राममय छ भनेर दुवै हात जोडेर प्रणाम गर।
प्रमाण: भक्तमाल, शिव संहिता, स्वयम् रामचरितमानस
रामका भक्त हनुमानलाई तुलसीदासको आध्यात्मिक गुरु भनिन्छ ।गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहाँलाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ।गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण भक्ति भावले पढ्ने गरिन्छ ।गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्व पूर्ण स्थान प्राप्त गरेको छ ।
पं -बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours