प्रहरीले किशोर श्रेष्ठको घरमा फेरि खानतलासी, प्रहरीले लग्यो सीसीटीभीको स्टोरेज

२९ साउन, काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको घरका प्रहरीले पुन: खानतलासी गरेको छ। उनकी श्रीमती सरस्वती श्रेष्ठले दिएको जानकारी अनुसार केहीबेरअघि प्रहरीको एउटा समूहले खानतलासी गरेको हो।

‘हाम्रो घरमा खानतलासी गरेर प्रहरीले आधा घण्टाअघि सीसी क्यामराको डिभाइस स्टोरेजहरू लगेको छ,’ उनले भनिन्। बुधबार बेलुका श्रेष्ठलाई निवासबाटै पक्राउ गरेको प्रहरीले घर र जनआस्थाको कार्यालय खानतलासी गरेर कम्प्युटरलगायतका महत्त्वपूर्ण उपकरणहरू लगेको थियो।

काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ। उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्।

पक्राउका लागि पर्याप्त आधार नभएको भन्दै श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ। रिट निवेदनको सुनुवाइका लागि भोलि (शुक्रबार) लाई पेसी तोकिएको छ। जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बिहीबारनै काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours