मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षा र हिमपात हुने

०२ वैशाख, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना बढेको हो।

अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ।

तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ।

बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ।

तराईमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै गण्डकी प्रदेशको पहाडी भूभाग र अन्य हिमाली क्षेत्रका एक/दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

मौसममा आएको यो परिवर्तनले पहाडी तथा हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours