नववर्षारम्भ जानकारी !

०१ वैशाख, काठमाडौँ । मिति २०८३ साल वैशाख १ गते मंगलबार सिद्धार्थिनाम संवत्सरको समाप्तिसँगै रौद्रनाम संवत्सर आरम्भ,सूर्यनारायण उत्तरायण,बसन्तऋतु ,वैशाखकृष्णपक्ष द्वादशी तिथी राती ९ / ३२ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथी आरम्भ ,शतभिषा नक्षत्र ,शुक्लयोग,कौलव करण यो दिन मध्यान्ह: १२ / ०४ बजेदेखि सूर्य भगवान मीनराशि बाट मेषराशिमा प्रवेश गर्नुहुने,चैत बितेर बैशाख लाग्ने छ।यो महिनाको देवता मधुसूदन , देवी मोहिनी र भानु: नामको सूर्य रहनु हुनु हुनेछ भने मेष राशिमा सूर्य:,कुम्भ राशिमा चन्द्रमा र मिथुन राशिमा वृहस्पति गुरू: रहनु भएको हुनाले यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो ।यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो ।यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ ।यस पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ ।विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् ।राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।

ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको मानेको छ भने ज्योतिषमा चान्द्रमासको आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ यता भारतका प्रतापी राजा विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वतमा सौरमासका आधारमा वैशाख महिनाबाट वर्ष सुरुहुन्छ।वैशाखको संक्रान्तिलाई नववर्ष प्रारम्भ भएको मानी नववर्ष विशेष पर्व हुनाले सम्पूर्ण सृष्टिका प्राणीहरुमा गास ,बास ,कपास सहजरुपमा प्राप्त होस् , भोक ,रोग ,शोक,अशिक्षा ,बेरोजगारी ,तनाव ,संकट ,बलात्कार,हत्या ,हिंसा ,आतङ्क कसैले पनि खेप्न नपरोस् ,सवै प्राणीहरुले कर्ममा निष्ठा भएर विचारमा दृढता आइ मन निर्मलता भै बुद्धिमा कुशाग्रताले छाएर संकारमा पवित्रताहुँदै हेर्ने दृष्टिमा समानता ,वाणीमा सत्यता ,व्यवहारमा सरलता ,प्रेममा निश्छलता ,आहारमा शुद्धता ,सत्कर्म ,सदाचार ,अनुशासन ,समझदार ,इमान्दार र जिम्मेवार भएर सवै प्राणीहरुको हित गर्नसकौं नववर्ष २०८३ सालको उपलक्ष्यमा भगवानले सृष्टि गर्नुभएको सम्पुर्ण जिवात्माहरुमा सुख ,शान्ति,समृद्धी,गाँस,बाँस,कपास प्राप्तहोस । दु:ख,भोक,रोग,शोक ,अशान्ति ,दरिद्रता छुटेर जाओस।सवै वसुधैव कुटुम्वकम भन्ने महान कार्यमा लागेर आफ्नो धर्म,संस्कृती ,रितिरिवाज ,चाडपर्व र देशको माया,ममतागरि रक्षा गर्नसकौं साथै नेपाल राष्ट्रलाई छिट्टै यो नव निर्मित सरकारले वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्न सकोस भनी भगवान श्रीलक्ष्मीनारायण समक्ष प्रार्थना गर्दछु।साथै सवैको जय होस,कल्याण होस,मंगल होस भन्ने कामनाको साथ शुभकामना व्यक्त गर्दछु।

मासफल- मंगलबार संक्रान्ति परेको हुनाले झैझगडा बढी राता वस्तुको मूल्य बढ्ने छ।अग्नि भय भै जनतामा अविश्वास बढ्ने देखिन्छ भने हुनाले जनजिवन कष्टदायी दैविक प्रकोप वढ्नुको साथै अॅाधिहुरीको कारण प्राकृतिक घटना र दुर्घटना समेत हुनाले क्षति हुने छ।कतै साम्प्रदायिक घटना देखिने छ।शेयर वजार मन्दी हुने र तारक्रम बढेका कारण रोगव्याधिले मानिसमा र पशु व्यवसायमा हानी हुने छ।
पं – बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours