समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना

२७ फागुन, काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ ।

नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा (एमाले)ले १४ लाख ४३ हजार ८६४, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ९६ हजार ६३२, श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ७००, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ७३० मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार २०३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७० हजार ८३२ ,जनमत पार्टीले ७८ हजार ७९४ प्राप्त गरेको छ । मतगणना जारी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours