२५ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउने सम्भावनालाई नकार्न सकिने बताएका छन्।
एबीसी न्युजसँग कुरा गर्दै उनले सबै विकल्प खुला रहेको बताएका छन्।
उनले भनेका छन्, ‘सेना त्यहाँ गएर इरानको युरेनियम जफत गर्न सक्छन्। यो युरेनियम रिएक्टर इन्धन बनाउन प्रयोग गरिन्छ, तर यसलाई आणविक हतियार बनाउन पनि प्रयोग गर्न सकिन्छ।’
यस्तै ट्रम्पले इरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको स्वीकृति लिनपर्ने जिकिर पनि गरेका छन्।
चेतावनी दिँदै उनले भनेका छन्, ‘यदि कसैले हाम्रो स्वीकृतिबिना खामेनीको स्थानमा सर्वोच्च नेता गर्यो भने त्यो लामो समय टिक्दैन।’
उनले अगाडि भनेका छन्, ‘हामी सुनिश्चित गर्न चाहन्छौँ- हरेक १० वर्षमा हामी इरान फर्कनु नपरोस्, किनकि जबसम्म कोही मजस्तो जस्तो राष्ट्रपति हुँदैन, तबसम्म उनीहरूले यस्तो काम गर्न पाउँदैनन्।’
उनले इरानमा आफूहरू ‘राम्रो नेता’ छनोट गर्न चाहने बताए।


+ There are no comments
Add yours