२०८२ फागुन २३ गते (७ मार्च २०२६) शनिवार, चैत्र कृष्णपक्ष चतुर्थी तिथि, १९ः०० बजेपछि पञ्चमी। चित्रा नक्षत्र, ११ः१६ बजेपछि स्वाती। चन्द्रराशि तुला।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुने समय छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। कुनै सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णायक मोडमा दुविधा उत्पन्न हुन सक्छ। कामको अवसर प्राप्त भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आफन्तसँग पनि मतभेद हुने समय छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हिम्मत गर्दा लक्ष्यकाे उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्याेगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आम्दानी बढ्नेछ र धन आर्जन गर्ने मौका छ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। लगानीतर्फ खर्च बढ्न सक्छ। देश–विदेशकाे यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तर फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। काममा अरूको भर नपर्नुहोला। रोकिएकाे काम दोहोर्याउनुपर्ला।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर पनि प्राप्त हुनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन हुनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। स्वास्थ्यका लागि पनि सजग रहनुपर्ला।


+ There are no comments
Add yours