नयाँ लीकमा आईफोन फोल्डको क्रिज साइजको विस्तृत विवरण

१७ फागुन, काठमाडौँ । एप्पलले यो वर्ष अन्ततः आईफोन फोल्ड रिलिज गर्ने अपेक्षा गरिएको छ। फोल्डेबल स्मार्टफोनको क्षेत्रमा कम्पनीको यो पहिलो डिभाइस हुनेछ। साथै सामसङले एप्पलको फोल्डेबल स्मार्टफोनको लागि व्यावहारिक रूपमा क्रिज–रहित फोल्डिङ्ग डिस्प्ले आपूर्ति गरेको बताइएको छ। एप्पलले लामो समयदेखि फोल्डेबल स्मार्टफोन क्षेत्रलाई बेवास्ता गर्दै आएको र त्यसको कारण क्रिज नियन्त्रण भएको हल्ला गरिएको छ।

चीनबाट बाहिरिएको नयाँ लीकले आईफोन फोल्डको क्रिजको सही स्पेक्स विवरणको बारेमा दाबी गरेका छ। आईफोन फोल्डको क्रिज कथित रूपमा २.५ डिग्री भन्दा कम फोल्ड एङ्गल (कोण) को साथ ०.१५ एमएम भन्दा कम रहेको उल्लेख गरिएको छ। तसर्थ यो प्राविधिक रूपमा आईफोन फोल्डमा क्रिज–रहित फोल्डिङ्ग स्क्रिन नहुने तर त्यसको धेरै नजिक हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन फोल्ड सेप्टेम्बरमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै घोषणा हुने अफवाह रहेको छ। त्यसैगरी आईफोन १८ र आईफोन १८ई सन् २०२७ को वसन्त ऋतुमा सँगै आउनेछन्। आईफोन फोल्डमा दुई सेन्सरहरू सहितको आईफोन एयरको जस्तो क्यामरा आइल्याण्ड हुने अपेक्षा गरिएको छ भने अथेन्टिकेसन (प्रमाणीकरण) को लागि डिभाइसले फ्रेमको दायाँ छेउमा रहेको पावर बटनमा एम्बेड गरिएको टच आईडी प्रयोग गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours