०४ फागुन, काठमाडौँ। इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको व्यापार घाटा छ अर्ब अमेरिकी डलरले खुम्चिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना)ले आइतबार जनाएको छ ।
।इरानको भन्सार प्रशासनको तथ्यांकलाई उद्धृत गर्दै इर्नाले भनेको छ, सन् २०२५ मार्च २१ देखि सन् २०२६ जनवरी २० सम्मको अवधिको लागि व्यापार सन्तुलन चार अर्ब डलरको घाटामा रहेको छ ।
जुन अघिल्लो वर्षको १० अर्ब डलरको घाटाको तुलनामा उच्च सुधार हो ।
इजरायलसँग १२ दिने युद्ध, संयुक्त राष्ट्र संघको प्रतिबन्ध र अमेरिकाको कडा एकपक्षीय प्रतिबन्धका बाबजुद यो सुधार आएको हो ।
यो आर्थिक वर्षमा इरानले कुल १३ करोड ३० हजार टन गैर–पेट्रोलियम पदार्थजन्य निर्यातबाट ४५ करोड अमेरिकी डलर मूल्य बराबरको कारोबार गरेको थियो ।
यो आयतनको आधारमा गत बर्षभन्दा १.३३ प्रतिशत बढी हो तर एक वर्ष अघिको तुलनामा ६.३ प्रतिशतले कम हो ।
आयात ४.६ प्रतिशतले बढेर तीन करोड ३१ लाख ७० हजार टन पुगेको छ ।
तर, यसको मूल्य १५.५५ प्रतिशतले घटेर ४९.१ अर्ब डलर कायम भएको छ ।


+ There are no comments
Add yours