०१ फागुन, काठमाडाैँ । आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस छ।
हिजो (बिहीबार) पनि यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस नै थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।


+ There are no comments
Add yours