२३ माघ, काठमाडौँ । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाङ्कन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डको विज्ञापन छायाङ्कन भइरहेको छ ।
नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ ।
बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तीव्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक ब्राण्ड’को विज्ञापन छायाँकनले यसलाई गलत सावित गरिदिएको हो ।
उक्त विज्ञापनलाई ड्रोन र क्यामेरा प्रयोग गरी छायाङ्कन भइरहेको छ । यसको सबै सरकारी अनुमति प्रक्रिया र प्राविधिक व्यवस्थापन भने फिल्म क्रू नेपाल नामक संस्थाले गरेको हो । फिल्म क्रू नेपालले उक्त वृत्तचित्रको लागि गृह, पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएको थियो ।
पर्यटन व्यवसायी नावा निमा शेर्पाले नेपाल दुई वटा सिजनको लागि मात्र नभई हिउँदे सिजन पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ भन्ने कुरा विश्वलाई चिनाउन चाहेको बताए । विशेष विन्टर सिजनलाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई अलि प्रवर्द्धन गर्नुपर्ने समेत बताउँछन् ।
उनले भने, ‘चारवटा सिजनलाई व्यवसायीहरूले गलत प्रचार गरेजस्तो लाग्छ । अक्टोबर र स्प्रिङ सिजनमा पर्यटन गतिविधि धेरै हुन्छ तर नेपालमा यसबारे गलत बुझाइ छ । नेपालमा दुई वटा सिजनको लागि मात्र होइन, विन्टरमा पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ । विशेष गरी नेपालको लागि यो सिजन एकदमै राम्रो हो भन्ने कुरालाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई बढी प्रवर्द्धन गर्नुपर्छ ।’


+ There are no comments
Add yours