२१ माघ, काठमाडौं । नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ३ सय ५३ थान एटीएम मेशिन आयात भएको छ।
उक्त अवधिसम्म आयात भएको ३ सय ५३ थान एटीएम मेशिनका लागि देशबाट १ करोड ३९ लाख १० हजार रुपैयाँ बाहिरिएको छ।
सरकारले उक्त परिमाणको एटीएम मेशिन आयातबाट यो अवधिमा ४१ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित कतार, तााइवान, यूएई र संयुक्त राज्य अमेरिकाबाट एटीएम मेशिन आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी भारतबाट १ करोड २९ लाख ७० हजार बराबरको १९४ थान तथा चीनबाट २० हजार बराबरको १५२ थान एटीएम मेशिन आयात भएको छ।
यस्तै कतारबाट १ हजार बराबरको ५ थान, यूएईबाट मूल्य उल्लेख नभएको १ थान र संयुक्त राज्य अमेरिकाबाट ९ लाख ११ हजार बराबरको एक थान एटीएम मेशिन नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ।


+ There are no comments
Add yours