प्रधुन्न मिश्रको डिभी क्यामेरादेखि ड्रोन सम्मको यात्रा

१९ माघ, काठमाडौँ । चलचित्र लेखक, निर्माता, कलाकार, छायाँकार र चलचित्र निर्देशकका रुपमा परिचित र स्थापित प्रधुन्न मिश्रको अर्को परिचय थपिएको छ ड्रोन पाइलट । उनी व्यक्ति एक हुन् तर आफ्नो परिचय र क्षमता अनेक विधामा उतार्न सफल र स्थापित भएका छन् । त्यसैले व्यक्ति एक क्षमता अनेक वा परिचय अनेक भन्दा फरक पर्दैन मिश्रलाई ।

पछिल्लो समय नेपालमा फोटोग्राफी तथा भिडियोग्राफीको लागि अत्यधिक प्रयोगमा आएको ड्रोनको प्रयोग व्यापक र विस्तार हुँदै गएको छ । त्यसो त यसको प्रयोग र उपयोग मात्र नभई अपरिहार्य नै भएको छ ।

ड्रोनको व्यापक प्रयोग बढेसँगै यसलाई सही ढंगले सञ्चालन गर्ने जनशक्ति विकासले पनि गति लिन थालेको छ ।
धेरै विधा र विषयमा जानकार र विज्ञ रहँदा रहँदै पनि पछिल्लो समय उनी आफूलाइ ड्रोन पाइलटका रुपमा चिनाउन र जवरजस्त लागि परेका छन् मिश्र । उनी हाल नेपाल मानव रहित विमान (ड्रोन) संघका उपाध्यक्ष पनि हुन् । उनी जेमा चासो र रुची राख्छन् सफलता पाएरै सन्तुष्ट हुन्छन् । यो उनको पुरानै विशेषता हो भन्दा फरक पर्दैन । चाहे चलचित्र निर्माण होस् वा निर्देशन सफल देखिन्छन् । उनले दर्जनौ चलचित्रमा काम गरेका छन् ।

आधा दर्जन छोटा चलचित्र निर्देशन र छाँयांकन पनि गरेका छन् । त्यस्तै कयौं वृतचित्रमा पनि उनले काम गरिसकेका छन् भने दर्जनौ म्युजिक भिडियोमा मिश्रको योगदान उल्लेखनीय छ । त्यसो त उनले राष्ट्रिय तथा अन्तष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् मिश्र । उनले कथानक चलचित्र धुलोको निर्माण र निर्देशन गरेका छन् । लघु चलचित्र दुविधा र व्ल्यु फ्लावरबाट थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । छोटो समयमा कथा भन्न सक्ने र सानो वजेटमा बन्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त गर्न सफल हुने भन्दै पछिल्लो समय लघुचलचित्र प्रति थप आकर्षित भएको मिश्र बताउँछन् ।

हाल उनी ड्रोन पाइलट भएर आफू सफल हुने मात्रै होइन देशको लागि समेत केही गर्न चाहन्छन् । मिश्र भन्छन् नेपाल जस्तो भूपरिपेष्ठित देशमा यो प्रविधि यति उपयोगी छ कि यसको उपयोग गर्न सक्यो भने ठूला ठूला प्राकृतिक विपत्ति, बाढी पहिरोको क्षति मूल्यांकन र उद्दार तथा कृषिमा मल, बीउ विजन छर्ने देखि नेपालको जस्तोसुकै भौगोलिक रुपमा विकट ठाउँमा औषधि पुर्‍याउन, आपतकालीन सामग्री पुर्‍याउन पनि त उपयोगी हुन्छ । अझै यसलाई नेपालको पर्यटन प्रवर्धनमा प्रयोग गर्न कति उपयोगी होला । नेपालको हिमाल, पहाड, तराइ र यहाँको प्राकृतिक सुन्दरता कला संस्कृतिको संरक्षण र प्रवर्धनमा यसको प्रयोगले कहाँ पुर्‍याउला ?

मिश्र यस्ता अनगिन्ती उदाहरण प्रस्तुत गर्न कहिल्यै थाक्दैन् । उनी भन्छन विकास निर्माण होस् वा नक्सांकन किन नहोस् ट्राफिक व्वस्थापन तथा भीड अवलोकन नियमन र नियन्त्रणमा समेत यसको उपयोग गर्न सकिन्छ ।

यति हुदाँ पनि यसको महत्व बुझ्न र बुझाउन नसक्दा भने चूनौती थपिएको छ । नीति, नियम कानुन बने पनि कार्यान्वयन चूनौतिपूर्ण छ । दर्ता प्रक्रिया झन्झटिलो मात्रै छैन अत्यन्त महँगो हुँदा निरुत्साहित पार्ने खालको छ । ड्रोन उडाउन र अभ्यास गर्ने स्थान पनि छैन । ड्रोन किनेर थन्क्याउनु परेको छ । जहाँ चूनौती हुन्छ त्यही अवसर हुन्छ भन्ने मान्यातालाई आत्मसाथ गरेरै “म यो क्षत्रेमा केन्द्रीत हुन चाहेको हो” मिश्रको भनाइ छ ।।

You May Also Like

More From Author

+ There are no comments

Add yours