बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

१९ माघ, काठमाडौँ । सुरुवाती मापनमा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो।

हिजो (आइतबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। तथापि पछि बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा घटेर शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समयमा पुनः मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम बिहान ५:४५ बजे देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours