राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, घन्टीघरमा पुगेर बालेनले गरे पद बहाली

०४ माघ, काठमाडौँ । पहिलो पटक रास्वपा कार्यालय गएका बालेन्द्र साह केही मिनेट मात्रै बसेर फर्किएका छन् । उनले घन्टीघरमा रहेको घण्टी बजाए भने आफ्नो कार्यकक्षमा पद बहाली गरेका छन् ।

बालेनको स्वागतका लागि समर्थकहरूले ३ घण्टासम्म कार्यालय बाहिर प्रतीक्षा गरेका थिए । बालेन आउँदा ठुलै भिड जम्मा भइसकेको थियो । उनी जेन जेड अगुवा भनिने सुदन गुरुङसहित प्रवेश गरेका थिए ।

कार्यालय प्रांगणमा रहेको ठुलो घण्टी बजाए । रास्वपा सभापति रवि लामिछानेलाई अंकमाल गरेका थिए । समर्थकलाई सम्बोधन नगरी बालेन कार्यालयभित्र छिरे । आफ्नो कार्यकक्षमा पसेर पद बहाली गरे । अनि केही मिनेटमै उनी कार्यालयबाट बाहिरिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours