काठमाडौँ आज थप चिसो, सुरुमै न्यूनतम तापक्रम ३ डिग्रीमुनि

२६ पुष, काठमाडौं । काठमाडौँ उपत्यका आज (शनिबार) थप चिसो भएको छ। सुरुवाती मापनमै यहाँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।

यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक मापन अहिले बिहान ८:४५ बजे हुन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ।

हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ३ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २.४ मा झरेको थियो। सबैभन्दा तल पुगेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

शुक्रबार यस्तो थियो तापक्रम सूची:

You May Also Like

More From Author

+ There are no comments

Add yours