ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा चितवनसँग हार व्यहोर्नु पर्‍यो: सोमपाल कामी

०२ मंसिर, काठमाडाैँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो प्रदर्शन गर्न नसक्दा एनपीएलको पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको बताएका छन्।

कप्तान सोमपालले ओपनर प्रियान्क पन्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्दा इनिङमा रन कम भएको उल्लेख गरेका छन्। उनका अनुसार टिमको स्कोरमा २० रन जति कम परेको थियो, साथै चितवनले पनि धेरै राम्रो ब्याटिङ गरेको बताए। विदेशी खेलाडीहरूलाई नयाँ पिचमा खेल्न गाह्रो हुने र आफ्ना केही खेलाडीहरूका लागि पनि असहज भएको उनको बुझाइ छ। उनले नन्दन यादवले सैब जैबको क्याच छाड्नुलाई खेलको एउटा पक्ष मात्र रहेको र हारमा उनलाई दोष दिन नमिल्ने बताएका छन्। उनले अब खेल बाँकी रहेको र कमब्याक गर्ने आशा व्यक्त गरेका छन्।

चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सुरुआत नराम्रो भए पनि योजनाअनुरूप ब्याटिङ भएपछि जित निस्किएको बताएका छन्। मिडल ओभरमा राम्रो साझेदारी आवश्यक हुँदा आफ्ना खेलाडीले राम्रो खेलेको उनको भनाइ छ। उनले रवि बोपारा र सैव जैबको ब्याटिङको प्रशंसा गरेका छन्।

अलीका अनुसार, पिच स्पिनरका लागि फेबर हुने खालको नभएकाले कुशल मल्लले धेरै रन व्यहोर्नु परेको बताउँछन्। समग्रमा पिच बलिङका लागि भन्दा ब्याटिङमा मद्दत पुग्ने खालको रहेको उनले उल्लेख गरे।

You May Also Like

More From Author

+ There are no comments

Add yours