२६ कार्तिक,काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भागमा मौसम सामान्य रूपमा स्थिर रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
आज राति देशभर मौसम सफा रहने अनुमान गरिएको छ। विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन, जसका कारण मौसम स्थिर र सामान्य रहिरहने अपेक्षा गरिएको छ।


+ There are no comments
Add yours