तिहारको अवसरमा काठमाण्डौ उपत्यकासहित मुख्य शहर झिलीमिली

०१ कार्तिक, काठमाडौँ। तिहारको अवसरमा काठमाण्डौ उपत्यकासहित मुख्य शहर झिलीमिली भएका छन् । थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ । तिहारलाई उज्यालो पर्वका रूपमा समेत लिइन्छ ।

बत्तीको उज्यालोले सहर बजारमा रौनक थपिएको छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ ।

दशैँमा प्रायः सुनसान हुने काठमाण्डौ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ । नेपाल प्रहरीले पटका नपड्काउन र सभ्य रूपमा पर्व मनाउन आह्वान समेत गरेको छ ।

तिहारको अवसरमा काठमाण्डौ उपत्यकासहित मुख्य शहर झिलीमिली

#digitalkhabar #highlight #tihar #PopkornTV #deepawali

You May Also Like

More From Author

+ There are no comments

Add yours