मेडिकल काउन्सिलको वेबसाइट ह्याक, तथ्यांक सुरक्षित रहेको दाबी

२९ असाेज, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको काउन्सिलले जनाएको छ। गत असोज २६ गते आइतबार दिउँसोदेखि काउन्सिलको वेबसाइट ह्याक भएको रजिष्ट्रार डा सतिश कुमार देवले स्वास्थ्य खबरलाई बताए।

वेबसाइट ह्याक भएपनि तथ्यांकहरुलाई रिकभरी प्रक्रियाबाट सुरक्षित गरिएको उनले बताए।

‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको पुष्टि गरेको छ’ उनले भने,‘रिकभरी प्रक्रिया पूरा भइसकेको छ।’

डा देवका अनुसार पुरानो सर्भर पुन प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था देखिएको छ। ह्याकरको पहिचानका लागि आइटी टिमले काम गरिरहेको उनले जानकारी दिए । प्रमाणहरूको आधारमा साइबर ब्यूरोले अध्ययन गरिरहेको छ । हालसम्मका तथ्यांक परिवर्तन नभएको दाबी काउन्सिलको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours