काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ

२८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पनौती नगरपालिका–९ को नौबिसे फाटमा रहेको एक फर्निचरमा जुवातास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याइदै गरिएको र नामहरु खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र १० बुक तास समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours