राष्ट्र बैंकले घटायो डेबिट कार्डको कारोबार सीमा, एक दिनमा ५० हजार भन्दा निकाल्न नपाइने

२४ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको अधिकतम सीमा घटाएको छ। शुक्रबार जारी परिपत्रमार्फत राष्ट्र बैंकले नयाँ निर्देशन लागू गरेको हो।

हालसम्म डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो। त्यस्तै, दैनिक १ लाख र मासिक ४ लाख रुपैयाँको सीमा तोकिएको थियो। नयाँ निर्देशनअनुसार अब एटीएमबाट प्रति कारोबार २० हजार, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न सकिनेछ।

यसबाहेक अन्य कार्डहरूको कारोबार सीमा भने यथावत राखिएको छ। प्रिपेड कार्डको हकमा प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँको सीमा कायम छ। बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायकले जारी गर्ने प्रिपेड कार्डको दैनिक ५ हजार र मासिक २५ हजार रुपैयाँको सीमा पनि परिवर्तन भएको छैन। क्रेडिट कार्डको कारोबार सीमामा कुनै फेरबदल गरिएको छैन।

यो नयाँ व्यवस्था एटीएम, एमपोस मेसिन वा कार्ड प्रयोग गरी गरिने अन्य भुक्तानी माध्यमहरूमा समेत लागू हुनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours