ऊर्जामन्त्री घिसिङ र अमेरिकी राजदूतबीच भेट, लगानीका आयोजनाबारे छलफल

०८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि अमेरिकाका राजदूत डिन आरथम्प्सनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत थम्प्सनले अमेरिकाका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजना कार्यान्वयन अवस्था, जेनजी आन्दोलन क्रममा क्षति पुगेका सार्वजनिक संरचना पुनर्निर्माण लगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री घिसिङले अहिलेकोे सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए ।

राजदूत थम्प्सनले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours