०८ असाेज, काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा रास्वपा सभापति रवि लामिछानेका मुद्दासम्बन्धी मिसिल पनि जलाइएको पाइएको छ। अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजाखोजी ध्वस्त पार्ने क्रममा लामिछानेविरुद्धका फाइल पनि जलेको पाइएको हो।
नक्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने निस्किएर उत्सव मनाए लगत्तै कास्की अदालतमा आगो लगाएर सूर्यदर्शन सहकारीको फाइलमा जलाइएको थियो। कास्कीमा पनि सुरुमा अदालतमा आगो लगाइएको थियो। आक्रमणकारीहरूले रवि लामिछाने जोडिएका धेरैजसो फाइल ध्वस्त पारेको स्रोतको दाबी छ।
कास्की र चितवन जिल्ला अदालतमा पनि आगलागी भएको थियो। कास्कीमा प्रदर्शनकारीले भदौ २३ गतेदेखि नै जिल्ला अदालत आसपास प्रदर्शन गरेपछि दिउँसो निषेधाज्ञा जारी गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा पनि आगो लगाइएको त्यहाँबाट काठमाडौँ आएका एक प्रहरी कर्मचारीले बताए। कास्की जिल्ला अदालतमा प्रदर्शनकारीले सुरुमै ३ नम्बर फाँटलाई निसाना बनाएको थियो। उक्त फाँटमा लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी मुद्दासम्बन्धी मिसिल भएको स्रोतको दाबी छ।


+ There are no comments
Add yours