अनलाइन व्यापार फस्टाउँदा सुस्ताउँदै पसले व्यापार

०२ असाेज, काठमाडौँ । यसरी अनलाइन मार्फत व्यापार फस्टाउँदा लामो समयदेखि पसल सञ्चालन गर्नेहरु भने पछाडि परेका छन् ।

अहिले व्यापारका लागि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोग गर्ने गरिएको छ । सामाजिक सञ्जाल मार्फत आफ्नो सामान प्रदर्शन गरेर आफ्‌नो व्यवसाय चलाउने गर्छन् ।

इन्टरनेट र डिजिटल प्रविधिको माध्यमबाट वस्तु तथा सेवा बिक्री, खरिद र कारोबार गर्ने प्रक्रिया नै अनलाइन व्यापार हो । यसका लागि विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्ने गरिन्छ ।

आधुनिक युगको आवश्यकता अनुसार अनलाइन व्यवसायले परम्परागत सीमाहरू तोड्दै विश्वव्यापी व्यापारलाई सम्भव बनाएको छ ।

यसरी अनलाइन व्यापारले आफ्‌नो व्यवसाय नै बन्द हुने अवस्थामा रहेको आश्रेया सुनचाँदी पसलकी खुश्वु ठाकुर बताउँछिन् ।

पहिले पहिले तीजको समयमा सबैभन्दा बढी व्यापार हुने गरेको थियो । तर पछिल्लो समय मुख्य सिजनमा नै व्यापार न्यून हुने गरेको छ । पछिल्लो समय अनलाइन व्यापारका कारण आफ्‌नो व्यापारलाई प्रभाव परेको उनको भनाइ छ ।

पछिल्लो समय मुलुकमा अनलाइन व्यापार तीव्र गतिमा फष्टाउँदै गएको छ । उपभोक्ताले अनलाइनबाट सामान अर्डर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । जसका कारण हामी जस्ता पसलेहरुलाई असर गरेको उनले बताइन् ।

एसपिएस कलेक्सनका सञ्चालक सपना मगर पछिल्लो समय अनलाइन व्यवसाय फष्टाउँदै गएको बताउँछिन् । पहिले पहिले चाडपर्वको समयमा पसलमा भीड हुने गर्‌थ्यो तर अहिले पसलमा आउने भन्दा अनलाइन अडर गर्नेहरु बढी हुन्छन्, उनले भनिन् ।

पसलमा आउनेहरु पनि सामाजिक सञ्जालमार्फत फोटो/भिडियोहरु हेरेर आउने गर्छन् । उनीहरु पसलमा आएर सामान हेर्नेभन्दा पनि मोबाइलमा फोटो देखाएर उक्त सामान किन्ने गर्छन् । अहिले आधाभन्दा बढी व्यापार त सामाजिक सञ्जाल मार्फत नै हुने गरेको छ ।

उनले पहिले त परम्परागत हिसाबले व्यवसाय चलाउदै आएको थिइन् पछिल्लो समय अनलाइनतर्फ ग्राहकहरु आकर्षक हुन थालेपछि टिकटक भिडियो मार्फत आफ्‌नो सामान प्रदर्शन गरेर व्यापार गरिरहेकी छन् । उनले टिकटक भिडियो बनाउनका लागि नै २ जना कर्मचारी राखेको बताउँछिन् ।

यसरी सामाजिक सञ्जाल मार्फत व्यापार गर्दा विश्वको जुनसुकै ठाउँमा पनि सामान पुर्याउन सकिन्छ । विशेषत विदेश बस्ने नेपालीहरुले आफूले राखेको भिडियो तथा फोटो मार्फत सामानहरु अर्डर गर्ने गर्छन् । यसरी ग्राहकहरुको इच्छा अनुसार सामान पुर्याउन पाउँदा आफूलाई व्यवसायप्रति थप सहजता भएको उनको भनाइ छ ।

त्यसैगरी, एउटा कोठामा सामान राखेर पनि राम्रो व्यापार गरेर पनि राम्रो व्यापार भएको अनलाइन व्यवसायी पुजा खनाल बताउँछिन् । उनले घरमा बसेर आफ्‌नो घर व्यवहार सम्हालेर पनि आफ्‌नो व्यवसाय चलाएको बताउँछिन् ।

उनले अनलाइन व्यवसाय चलाएको पनि एक वर्ष भयो । उनको एक वर्षको अनुभवले अझै यस व्यवसायलाई निरन्तरता दिन आफूले स्टोर अथवा पसल समेत सञ्चालन गर्ने मनोबल बढेको बताइन् ।

अनलाइनमा सामानको फिक्स रेट हुने भएको र घरमा नै सामान आउने हुँदा अनलाइनबाट नै सामानहरु लिने गरेको प्रतिमा बताउँछिन् । ‘हरेक सामानहरु अनलाइनबाट नै मगाउने गर्छु, आज आफूलाई कुनै सामान आवश्यक पर्यो अनलाइनमा मगायो भने भोलिपल्ट पाइन्छ । आफूलाई आवश्यक भएको सामान नजिकै नपाउने पनि हुन्छ आफूसँग धेरै समय पनि हुँदैन । अनलाइनमा त आफु फ्रि भएको समयमा मगायो सामान आइहाल्छ, जसको कारण पनि मलाई अनलाइनबाट नै सामान लिन रुचाउँछु,’ उनले भनिन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours