सिंहदरबार र आसपासमा मात्रै जलाइए १०४२ सवारीसाधन

३१ भदौ, काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सवारी साधनमा क्षति भएको छ ।

सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ । कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साना गाडी, बस र ४७ मोटरसाइकल स्कुटर ७४ सवारी साधन जलेका छन् । अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।

यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण भने आउन बाँकी छ ।

बाँकी कहाँ कति क्षति भयो ?

You May Also Like

More From Author

+ There are no comments

Add yours