नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन

२७ भदाै, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । शुक्रबार राति पौने ९ बजे राष्ट्रपतिले शीतल निवासमा उनलाई पत तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

यस्तै अब आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours