जेनजीको प्रदर्शन – मनाइएन बिपी जयन्ती

२५ भदौ, काठमाडौँ । जेनजीको प्रदर्शनका कारण नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा कुनै कार्यक्रम हुन सकेन ।

बिपी सङ्ग्रहालय सुन्दरीजलमा प्रत्येक वर्ष कार्यक्रम गर्ने गरिए पनि मंगलबार बिहानदेखि प्रदर्शन उग्र भएपछि कुनै पनि कार्यक्रम आयोजना भएन ।

सोमबार भएको घटनामा दर्जनौ युवा, विद्यार्थीले जीवन गुमाएको भन्दै सबै कार्यक्रम स्थगित गरिएको सामाजिक सञ्जालमार्फत् घोषणा गरिएको थियो । चक्रपथभित्र सरकारले औपचारिक रुपमा कफ्र्यू जारी गरेकाले तय गरिएका अन्य कार्यक्रम पनि हुन सकेन ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका कारण सोमबारदेखि एकाएक विकास भएको राजनीतिक घटनाक्रमले बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागिएका सबै कार्यक्रम हाललाई स्थगित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

बिपी जयन्तीका अवसरमा प्रत्येक वर्ष भदौ २४ गते कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours