जापानमा शताब्दी पार गर्ने संख्या ९५ हजार नाघ्याे, विश्वकै दीर्घायु राष्ट्रकाे उपाधि कायम

०६ भदाै, काठमाडौँ । जापान विश्वमै दीर्घायु राष्ट्रको रूपमा पुनः पुष्टि भएको छ। जापानी स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार हाल देशभरका ९५ हजारभन्दा बढी नागरिकले १०० वर्ष पार गरेका छन्, जसमा करिब ८८ प्रतिशत महिला छन्।

जापानमा वृद्ध जनसंख्या तीव्र गतिमा बढ्दै गएको छ। केवल २००० को दशकमा करिब २० हजार जतिको संख्या रहेको शताब्दी पार गर्ने जापानी नागरिकको संख्या अहिले चार गुणा बढेर नयाँ कीर्तिमान कायम गरेको हो।

विशेषगरी ओकिनावा प्रान्तलाई विश्वकै ‘ब्लू जोन’ (दीर्घायु मानिस बसोबास गर्ने क्षेत्र) भनिन्छ। यहाँका वृद्धहरू अझै पनि दैनिक रूपमा सक्रिय जीवनशैली अपनाउँदै आएका छन्। माछा, समुद्री घाँस, सोया, सागसब्जीमा आधारित आहार, समुदायसँगको बलियो सामाजिक सम्बन्ध, नियमित शारीरिक गतिविधि र तनावमुक्त जीवनशैली नै जापानी दीर्घायुको राज रहस्य मानिन्छ।

यद्यपि, वृद्ध जनसंख्या बढेसँगै जापानको स्वास्थ्य सेवा प्रणाली र पेन्सन कोषमा दबाब बढिरहेको छ। सरकारले दीर्घकालीन समाधानका लागि सामाजिक सुरक्षा सुधार र वृद्धमैत्री सेवा विस्तार गर्ने नीति अघि सारेको छ।

तर जापानी जीवनशैलीले विश्वलाई स्वस्थ रहनु र दीर्घ जीवन जिउने प्रेरणा दिएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours