एनआरएनए अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ, अन्य पदको कति ?

०४ भदाै, काठमाडौं । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२ औँ महाधिवेशनमा उम्मेदवार बन्नेहरूको लागि उम्मेदवारी शुल्क तोकिएको छ।

संघको पदाधिकारी बैठकले अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको हो। संघले ११ औँ महाधिवेशनमा तोकिएको शुल्कलाई यथावत् राख्दै सबै पदमा उम्मेदवारी शुल्क अनिवार्य गरेको छ। तर महिला र युवा पदमा भने विशेष छुट दिइएको छ।

युवा तथा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ भने महासचिव पदमा ३ लाख रुपैयाँ तोकिएको छ।

null

You May Also Like

More From Author

+ There are no comments

Add yours