चीनकी १२ वर्षीया बालिकाले रचिन् इतिहास

१७ साउन, काठमाडाैं । चिनियाँ विद्यार्थी यु झिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छो पौडी खेलाडी बनेकी छन्। चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य पदक जित्यो।

१२ वर्षीया यु झिदीले यस हप्ता महिला ४ः२०० मिटर फ्रिस्टाइल रिलेको प्रिलिमिनेरी (हिट्स)मा भाग लिइन्। यद्यपि उनले बिहीबारको फाइनलमा भाग लिइनन्। तर प्रिलिमिनेरीमा पौडी खेलेकाले उनलाई पदकको लागि योग्य मानिएको हो।

सिंगापुरमा भएको फाइनल खेलमा चिनियाँ टोली तेस्रो भयो। अष्ट्रेलिया पहिलो र अमेरिका दोस्रो भयो।

योसँगै यु झिदी पछिल्लो ९० वर्षमा कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्। यसअघि, १९३६ को ओलम्पिकमा डेनमार्ककी इन्गे सोरेनसेनले आफ्नो १२ औँ जन्मदिनको एक महिनाभन्दा कम समयमा २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक जितेकी थिइन्।

‘यो एकदमै भावनात्मक क्षण हो र यसले साँच्चै राम्रो महसुस भएको छ,’यु झिदीले भने।

अक्टोबरमा १३ वर्ष पुग्ने छात्रा यु झिदी बिहीबार महिला २०० मिटर बटरफ्लाइ फाइनलमा पदक जित्ने नजिक पुगिन्। तर थोरै अन्तरले चौथो स्थानमा रहिन्।

सोमबार भएको व्यक्तिगत मेडले फाइनलमा यु झिदीले पनि पदक जित्नबाट ०.०६ सेकेन्डले चुकिन् र चौथो स्थानमा रहिन्।

मे महिनाको सुरुमा युले २०० मिटर व्यक्तिगत मिडलेमा १२ वर्षका बालबालिकाका लागि विश्व कीर्तिमान कायम गरिन्। उनले केवल २ मिनेट १०.६३ सेकेन्डमा दूरी पूरा गरिन्। उनको प्रदर्शन पछि वर्ल्ड एक्वाटिक्स संस्थाले उनलाई सामाजिक सञ्जालमा सनसनीको संज्ञा दियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours