खिरको महत्व!

१४ सनउ, काठमाडौं । मिति २०८२ साल साउन १५ गते बिहिबार यो दिनलाई खिर खाने दिनको रुपमा चिनीन्छ ।यस महिनामा चामलको ,साबूदाना ,मखन खीर भगवानमा तुलसी अर्पण गरेर भोग लगाएको खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ।साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरु बाट छुटकारा पाउनको लागी पनि दुधबाट बनेको खिर खाने गरिन्छ ।खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ ।बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ ।

जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागी खिर खाने गरेको पाइन्छ ।गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खिर खान उपयुक्त मानिन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours