इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त

१२ साउन, काठमाडौं । इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

जसमध्ये ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेको थियो ।

भट्टराईसहित कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, रमेश ज्ञवाली र शिव मंगल गिरी थिए ।

ती मध्येबाट भट्टराईलाई नियुक्त गरिएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

भट्टराई तनहुँ निवासी हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours