प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने, भ्रमण स्वीकृत

१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् स्रोतका अनुसार आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको अभाजामा हुँदैछ ।

उनी सोही सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours