बन्द प्रशिक्षणमा रहेकामध्ये २० खेलाडी दोस्रो चरणको प्रशिक्षणका लागि भारत जाने

०२ साउन, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो चरणको प्रशिक्षण शिविरका लागि भारत जाने भएको छ ।

नेपालस्थित भारतीय दूतावासको समन्वय र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को सहयोगमा आगामी जुलाई २१ देखि अगस्ट ३ सम्म बेंगलुरुस्थित नेशनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यस प्रशिक्षण शिविरमा हाल बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडी सहभागी हुनेछन्। बाँकी खेलाडीहरूले भने नेपालमै नियमित बन्द प्रशिक्षण जारी राख्नेछन्।

भारतको प्रशिक्षण शिविरमा जाने खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश कुमार सिंह, विवेक कुमार यादव, रिजन ढकाल, प्रतिश जि.सी., नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् ।

नेपाली टोलीले भारतमा खेलेपछि अगस्टमा अस्ट्रेलियाको डार्विनमा गएर टप एण्ड टी-२० सिरिज पनि खेल्ने तय छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours