राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, नारायणहिटीमा सयौं सेवाग्राही अलपत्र

३० असार, काठमाडौं । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् ।

प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले बताउँछन् ।

गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पनि सर्भर डाउन भएको छ । त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours