आइओएस २६ मा नयाँ फिचर, नग्नता देखिए भिडिओ कल स्वत: बन्द हुने

२३ असार, काठमाडाैं । एप्पलले आफ्नो आइफोन अपरेटिङ सिस्टम आइओएसको नयाँ संस्करण ल्याउने तयारी गरिरहँदा प्रयोगकर्ताहरुले यसका सम्भावित नयाँ तथा अत्याधुनिक फिचरहरुको ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।

आम ग्राहकहरुको आवश्यकता रुचीलाई ध्यानमा राख्दै एप्पलले आसन्न आइओएस २६ मा कैयाैं महत्वपूर्ण परिवर्तन गर्न लागेको छ ।

एक नयाँ रिपोर्ट अनुसार आइओएसको फेसटाइममा एउटा यस्तो गज्जबको फिचर थपिँदैछ जो प्रयोगकर्ताको प्राइभेसीका लागि निकै विशेष हुनेछ ।

आइओएसको बेटा भर्सनमा उपलब्ध भैसकेको यो फिचर मार्फत् फेसटाइममा हुने भिडिओ कलका बेला नग्नताको पहिचान गरी त्यसमा बन्देज लाग्नेछ ।

यदि कुनै प्रयोगकर्ताले फेसटाइममा कल गर्दा नग्नता प्रदर्शन गरेमा भिडिओ तथा अडिओ आफैं रोकिनेछ र स्क्रिनमा एउटा चेतावनी सन्देश देखिनेछ ।

जसमा अडिओ तथा भिडिओ रोकिनेछ र यस्तो चेतावनी सन्देश देखिनेछ – तपाइँले केही संवेदनशील चिज देखाइरहनु भएको छ, यदि तपाइँलाई असहज महसुस भएको छ भने कल समाप्त गर्न सक्नुहुन्छ ।

त्यसपछि प्रयोगकर्तालाई कल पुन: सुरु गर्न वा त्यसलाई समाप्त गर्नका लागि दुईवटा विकल्प दिइनेछ ।

प्राइभेसी र प्रयोगकर्ताको सुरक्षामा एप्पलको जोड

यो नयाँ फिचर एप्पलको सञ्चार सुरक्षा कायम गर्ने कदमको हिस्सा हो जसलाई आइओएस २६ मा झनै मजबुत बनाइएको छ । सुरुमा यो फिचर केवल बच्चा तथा पारिवारिक शेयरिंग अकाउन्टहरुका लागि मात्र हुने अनुमान गरिएको भएपनि बेटा संस्करणमा यो सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ ।

यद्यपि, आइओएस २६ को अन्तिम संस्करण जारी हुँदा त्यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने नहुने प्रष्ट छैन । यो फिचर एआई आधारित पहिचान प्रणालीमा निर्भर हुनेछ।

यसअघि वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२५ का बेला एप्पलले आइओएस २६ मा परिवार तथा बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिने घोषणा गरेको थियो ।

त्यसक्रममा एप्पलले फोटोज एपको शेयरेड एल्बममा पनि यस्तै एक फिचरको घोषणा गरेको थियो, जहाँ यदि कुनै अश्लील तस्वीर छ भने त्यो स्वत: ब्लर हुन्छ ।
-एजेन्सीको सहयोगमा

You May Also Like

More From Author

+ There are no comments

Add yours