२२ असार, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत बिरगञ्जस्थित आरएम केडिया आँखा अस्पताललाई २ थान एयर कन्डिसनर (एसी) हस्तान्तरण गरेको छ। बिरगञ्ज शाखामार्फत गरिएको उक्त सहयोग अस्पतालको प्रतिक्षालयमा बस्ने बिरामी तथा कुरुवाको सहजताको लागि प्रदान गरिएको हो।
५ दशकदेखि सर्वसाधारणलाई आँखा उपचार सेवामा समर्पित आरएम केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। सुरुवाती समयमा ५ वटा बेडबाट सुरु भएको अस्पताल हाल १७५ ओटा शय्याबाट बिरामीलाई सेवा दिइरहेको छ।
मञ्जुश्री फाइनान्सले देशभर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य, शिक्षा तथा जनकल्याणका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। यसै क्रममा बिरगञ्ज शाखाबाट अस्पताललाई आवश्यक सुविधा प्रदान गरिएको हो।
कम्पनीका अनुसार, मञ्जुश्री फाइनान्सले हालसम्म देशभर २७ वटा शाखा र १ वटा बिस्तारित काउन्टरमार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ। आकर्षक निक्षेप दर तथा सुलभ कर्जा प्रणालीमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको फाइनान्सले हालसम्म करिब १ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइसकेको छ।
वित्तीय कारोबारमा पारदर्शिता, प्रविधिमैत्री सेवा र सामाजिक उत्तरदायित्वमा अग्रसर रहँदै आएको मञ्जुश्री फाइनान्स हालसम्म करिब २२ अर्ब निक्षेप संकलन र १८.२ अर्ब कर्जा प्रवाह गरिसकेको जानकारी दिएको छ। कम्पनीले भविष्यमा पनि समाजसेवामूलक कार्यहरूलाई निरन्तरता दिने बताएको छ।


+ There are no comments
Add yours