१३ असार, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं महानगरपालिका-१५ डल्लुबाट पाँच जना पक्राउ परेका छन् ।
डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिलकुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिलसहित ५ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


+ There are no comments
Add yours