मन्जुश्री फाइनान्सको इन्स्टा फण्ड ट्रान्सफर सेवा सञ्चालनमा, निशुल्क अन्तर बैंक रकमान्तर

०८ असार, काठमाडौं। मन्जुश्री फाइनान्स लिमिटेड डिजिटल सेवालाई उत्कृष्ट बनाउँदै ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउन इन्स्टा फण्ड ट्रान्सफर मार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सेवा सुरु गरेको छ ।

मन्जुश्री फाइनान्सको मोबाइल बैंकिङ एप मन्जुश्री स्मार्ट मा रहेको इन्स्टा फण्ड ट्रान्सफर पिकल्पमा गइ एनपिएसमामा आबद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सकिने फाइनान्सले जनाएको छ । ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले सो सेवालाई एपमा समेटिएको फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फाइनान्सले हाल २७ शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट १ लाख ५० हजार भन्दा बढीलाई सेवा प्रदान गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours