बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु

०१ असार, काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ ।

शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।

उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भनेका छन् ।

त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन मात्र विजुली पठाएर औपचारिकता दिइएको थियो ।

अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो ।

ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours