एयर इन्डियाले बनायो वेबसाइट र सोसल मिडिया अकाउन्ट ‘ब्ल्याक एन्ड ह्वाइट’

२९ जेठ,काठमाडौं । लण्डन जाँदै गरेको एयर इण्डियाको विमान गुजरातको अहमदावादमा दुर्घटनाग्रस्त भएपछि शोकमा डुबेको छ । शोक स्वरूप एयर इन्डियाले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा कालो बनाएको छ ।

यसका साथै उसले आफ्नो आधिकारिक वेबसाइट पनि ब्ल्याक एण्ड ह्वाइट बनाएको छ ।

दुर्घटनाग्रस्त विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ ।

यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।

भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours