२२ माघ, पोखरा । नेपाली राष्ट्रिय टिम तथा मछिन्द्र क्लबका डिफेन्डर सनिश श्रेष्ठलाई सहारा क्लबले सम्मान गरेको छ । सहारा क्लबले २४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा वर्षको उत्कृष्ट खेलाडी सम्मानबाट सनिशलाई सम्मान गरेको हो ।
सहाराले सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले हरेक वर्ष एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ ।
सहारा क्लबले यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलानलाई सम्मान गरेको थियो ।
आजदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सह।रा र विभागीय टोली नेपाल पुलिस क्लब भिडिरहेकाछन् । पहिलो हाफमा नेपाल पुलिस १० ले अगाडि छ ।
+ There are no comments
Add yours