काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियार सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२९ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदिव परियार ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

महानगरपालिकाको सामाखुशी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार मुद्दा दायर हुनेहरुमा तत्कालिन अधिकृत परियार, निर्देशकहरु रबीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य र नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी रहेका छन् ।

ठेक्का प्रक्रियामा कल्पवृक्ष–कोहिनूर जे।भीले २२ करोड ४० लाख ९४ हजार ६१२ र समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गरेको थियो । तर कम कबोल गरेको कम्पनिलाई उक्त ठेक्का नदिई बढी कबोल गरेको कम्पनिलाई ठेक्का दिइएको भन्दै उजुरी परेको थियो । उक्त प्रक्रियामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours