कागतीको भाउ घट्यो, कति पर्छ किलोको ?

२८ जेठ, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार कागतीको भाउ घटेको देखाएको हो ।

आज बुधबार कागतीको भाउ थोकमा प्रतिकिलो ८ रुपैयाँ घटेको छ । मंगलबार कागती किलोको १ सय ६८ रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १६० रुपैयाँ कायम छ ।

जेठ पहिलो साता कागती प्रतिकिलो २७० रुपैयाँसम्म किनबेच भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours